बजार संक्षेप

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

    2019-08-23

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । यसमा वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने बैंकले जनाएको छ ।
यसमा ग्राहकले सात लाख बराबरको आकस्मिक दुर्घटना बिमा र एक लाखसम्म अस्पतालमा बसेको खर्चबापतको बिमा तथा लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुट सुविधा पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै निःशुल्क एसएमएस मोबाइल र इ–बैंकिङ एबिबिएस सेवा, डेबिट कार्ड तथा निःशुल्क क्रेडिट कार्ड आबद्धता रहेको पनि बैंकले जनाएको छ । सरल कर्जा प्रवाह बैंकका सबै शाखाबाट प्राप्त गर्न पनि बैंकले जनाएको छ । 
 

यसमा तपाईको मत