बजार संक्षेप

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

  नागरिक   2019-11-21

काठमाडौं– जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरसम्बन्धी प्रस्ताव दुवै बैंकको साधारण सभाबाट पारित भएसँगै यी दुईका एटिएम कार्ड जुनसुकैको मेसिनमा प्रयोग गर्दा पनि पैसा नलाग्ने भएका छ । 
मर्जरपछि ग्लोबल आइएमई बैंकको नामबाट कारोबार गर्ने अन्तिम तयारी भइरहेको बैंकले जनाएको छ ।
मर्जर प्रक्रियालाई मध्यनजर गर्दै ग्राहकको सुविधाका लागि दुवै बैंकबाट जारी गरिएका कार्ड दुवैको एटिएममा चलाउँदा शुल्क नलाग्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत