बजार संक्षेप

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

  नागरिक   2019-09-15

काठमाडौँ- बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। चेन्नाईबाट उडेको सो जहाज त्रिभुवन विमानस्थलमा २ बजेर ४0 मिनेटमा अवतरण गर्यो। यससँगै बुध्द एयरको जहाज संख्या १३ पुगेको छ, भने ATR-72 जहाजको संख्या ८। बुध्दसँग अर्को ३ वटा ATR-42  र २ वटा बीच १९०० ‘डी’ जहाज रहेको छ। बुध्दले थप अर्को जहाज अक्टोबर महिनामा भित्र्याउन लागेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ।
 
यस नयाँ जहाजबाट बुध्द एयरले दशैंअघि नै उडान थाल्नेछ । आउँदा दिनहरुमा थुप्रै चाँडपर्व दशैं, तिहार र छठका कारण यात्रुहरुलाई आउजाउ गर्न सजिलो हुने कम्पनीले जनाएको छ ।
 
थपिएको जहाजले नियमित मर्मतसम्भारमा सघाउ पुग्ने र उडानहरु नियमित तथा विलम्वलाई छोट्याउन सहयोग पुर्याउने जनाएको छ।

यसमा तपाईको मत