बजार संक्षेप

बुद्धले राजविराज उडान भर्ने

  नागरिक   2020-01-24

काठमाडौं– बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । माघ १८ देखि काठमाडौं–राजविराज दैनिक उडान हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंबाट विहान ११ बजेर २५ मिनेटमा राजविराजका लागि उडान भर्ने र सोही दिन मध्याह्न १२ः२० मा राजविराजबाट काठमाडौं फर्कने कम्पनीले जनाएको छ । उक्त उडान सुरु भएसँगै सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुलाई सुविधा पुग्ने कम्पनीको विश्वास छ ।
दैनिक हुने उडानले पर्यटन प्रवद्र्धनका साथै भिजिट नेपाल २०२० लाई पनि टेवा पुग्ने कम्पनीले जनाएको छ । 
राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण सहर रहेको र त्यहाँ छिन्नमस्ता, बराहक्षेत्र, कोसीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म पुग्न उडानले सहयोगी भूमिका खेल्ने जनाइएको छ ।
राजविराज उडानले सीमापारीका सहरसा, सुपौल, निर्मली, बीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगन्ज, झन्झारपुर, सकरी, घोघडिया, लौकहालाई पनि सजिलै जोड्न सकिने भएकाले दुवै देशका पर्यटकलाई फाइदा पुग्ने कम्पनीले जनाएको छ ।
बुद्धको वेबसाइट र मोबाइल एपबाट टिकट खरिद गर्दा आकर्षक डिस्काउन्ट पनि पाइने बताइएको । राजविराजको उडान अवधि झण्डै ३५ मिनेटको हुनेछ । 

यसमा तपाईको मत