बजार संक्षेप

वृज सिमेन्टको ‘एक्सपर्ट मेसन क्लब’

  नागरिक   2019-12-18

काठमाडौं– वृज सिमेन्ट प्रालिले देशका विभिन्न स्थानमा एक्सपर्ट मिट कार्यक्रम गरेको छ । यो एक्सपर्ट मिट कार्यक्रममा निर्माणमर्मीलाई ‘एक्सपर्ट मेसन क्लब’मा आवद्ध गरेर उनीहरुको निःशुल्क रुपमा पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बिमा सुविधा उपलब्ध गराएको छ । 
यस कार्यबाट कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको र उक्त कार्यक्रमलाई अझै फलदायी बनाउन कम्पनीले ‘एक्सपर्ट मेसन क्लब’मा आवद्ध निर्माणकर्मीलाई उपहारसहित पासबुक वितरण गरेको विज्ञप्तिमा उल्लेख छ । वृजका कुनै पनि उत्पादन खरिद गरी योजनामा सहभागी हुन सक्ने विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले हालै ल्याएको यो क्लब योजनाबारे जानकारी दिन देशका विभिन्न स्थानमा कार्यक्रम गरेको छ । 

यसमा तपाईको मत