कभर स्टोरी

युद्ध मैदानदेखि सडकसम्म: जीपको ऐतिहासिक यात्रा

  नागरिक   2018-05-29

दोस्रो विश्वयुद्धको सुरुवाती समयमा अमेरिकी सेनालाई एक यस्तो सवारी साधनको आवश्यकता थियो, जुन द्रुत होस्, हलुका होस् र युद्धको मैदानमा र जस्तो सुकै बाटोमा पनि सामान र व्यक्ति सजिलै ओसारपसार गर्न सकोस्। त्यस समय यस प्रकारको सवारी निर्माण गर्न अमेरिकी सेनाले १ सय ३५ वटा सवारी साधन उत्पादकहरुलाई सम्पर्क गरको थियो। जसमध्ये तीन कम्पनीले मात्रै यसको प्रतिक्रिया फर्काएका थिए - जसमा बान्टम, फर्ड र विलिज नामका सवारी निर्माण कम्पनीहरु थिए। प्रतिक्रिया दिएका उत्पादकलाई सोच्दा खेरि नै असम्भव लाग्ने चुनौती पेश गरिएको थियो। चुनौतीहरुमा जस्तो कि, सवारी साधनको प्रोटोटाइप अर्थात् नमुना ४९ दिन भित्र नै प्रदान गरिसक्नु पर्ने आदि। सो समय सिमा भित्र बान्टमले मात्र आफ्नो नमुना पेश गर्न सक्षम भएको थियो । जुलाई १७, १९४० मा काम सुरु गरेर ५ दिनमै बान्टमको कार्ल प्रोब्स्टले अमेरिकी सेनालाई गाडीको पहिलो नमुना पेश गरेका थिए । त्यस गाडीको नाम थियो - बीआरसी ४०।  तर पछि यहि बीआरसी ४० नामको जीपलाई जीप मात्रै भन्न थालियो । यहि नमुनामा आधारित भएर विलिजले निर्माण गरेको विलिज एमबि अमेरिकी सेनासँग युद्धमा उत्रने निश्चित भयो ।

सेनाको आवश्यकता पूरा गर्न बनाइएको र युद्ध मैदानमा परिक्षा लिईएको जीप विश्वभरको मानिसहरुको मन र मष्तिस्कमा बसिरह्यो। अफ रोडलाई ध्यानमा राखेर बनाइएको जीप युद्ध मैदानमा सेना र सामान ओसारपसार गर्न निकै उपयोगी साबित भयो। साधारण जनताको माझमा ख्याती कमाइ सकेको जीपले ठूला र धनी व्यक्तिहरुको पनि ध्यानाकर्षण गर्न सफल भयो। 

युद्धमा मात्र प्रयोग नभएर रानी एलिजावेथ, फ्रंक्लिन डी. रुजवेल्ट आदि जस्ता व्यक्तिहरुले पनि सवारीका लागि जीप नै चयन गरे । युद्ध मैदानमा एम्बुलेन्सको रुपमा पनि जीपलाई प्रयोग गरियो र आकाशिदो चर्चासंगै जीपका कयौ गीतहरु पनि बन्यो।

 

जीपको संक्षिप्त इतिहास 

जीप हिस्ट्री अफ अमेरिकाज ग्रेटेस्ट भेइकलका लेखक प्याट्रिक फोस्टरले भनेका छन्, जीपले विश्व युद्ध जितेको हो, यसले कयौ देशहरुलाई बचाएको छ।

 

 

आठ दशकसम्म रहेको जीपको प्रभाव

आज जीप विश्वकै सबैभन्दा चिरपरिचित एसयुभी ब्राण्ड बनेको छ। नयाँ शताब्दीमा आएर पनि आज जीपले नयाँ नयाँ मोडलका गाडीहरु निकालीरहेको छ। जीप गाडीको बिक्रि अझै झनै धेरै चुलिदै गएको छ । जीप ब्रान्डको प्रभाव संसारमा यति सम्म परेको छ कि मानिसहरु जुन कुनै एसयुभीलाई जीप नै भन्ने गर्छन्, मानौ जीप र एसयुभी एकअर्काका पर्यायवाची हुन्। तर सबै एसयुभी जीप होइन, जीप त युद्धको मैदानमा जन्मिएको, जहाँ सुकै जान, जे सुकै गर्नका लागि बनेको र ८ दशक लामो इतिहास बोकेको एक ब्रान्ड हो ।

जीपको विरासत पछि नै जीपले विश्वभरिका जीप धनीहरुलाई जस्तो सुकै स्थानमा पनि सुरक्षित यात्रा गर्न सहयोग पुर्याइरहेको छ। जसरी विश्व युद्धको मैदानमा सैनिकहरु जीपमा स्वतन्त्र रुपमा जस्तो सुकै कठिन भूगोलमा पनि यात्रा गर्दथ्ये, त्यसरी नै आज पनि जीपले मानिसहरुलाई जस्तो सुकै भूगोल र स्थानमा स्वतन्त्रताका साथ यात्रा गर्नका लागि आवश्यक पर्ने पावर र कारण दिएको छ।

 

नेपालमा जीप 

जीपको क्षमता, शक्ति, ग्राउण्ड क्लियरेन्स र फुर्ति हेर्दा त लाग्छ जीप नेपाल जस्तो देश कै लागि भनेर बनाइएको हो।  यहाँका उकाली ओराली, अनियमित शैलीको सडक, ग्राभल रोड, डाडाको गाउँ र भन्ज्याङ जान बनेका बाटो, बर्षा याममा हिलो र चिप्लो हुने कच्चि बाटो सबैलाई जीपले सजिलै पार गर्न सक्छ। नेपाल जस्तो कठिन भूगोल भएको स्थानमा कुनै अड्चन बिना चल्नलाई एउटा गाडीमा हुनुपर्ने खुबी सबै जीपमा छ। यसको च्यासिस बलियो छ। यसको इन्जिनमा जस्तो सुकै उकालो नी काट्न सक्ने तागत छ। जस्तो सुकै हिमालय सडकमा पनि यसको टायरले सजिलै पकड राख्न सक्छ भने खाल्डाहरु भएको सडक र सडक नै नभएको ठाउँमा पनि सजिलै जान सक्षम बनाउने ग्राउण्ड क्लियरेन्स यस गाडीमा छ।

 

एसयुभीको लाइनअप

जीप भित्रबाट जतिको सर्वोतम छ, बाहिरबाट पनि उतिकै आकर्षक छ। कयौ दशक देखि अस्तित्व कायम गरेको, कयौ क्रमागत सुधार र विकासले जीप साहसी यात्रामा साथसाथै आकर्षणमा शौख राख्नेहरुका लागि पनि रोजाइको साधन बनेको छ। हाल जीपसंग एसयुभीको ठूलो लाइनअप छ। यसमा क्लासिक रेट्रो लुक भएको रेंग्लर देखि मोडर्न लुक भएको कम्पास र चेरोकी समावेश छन्। नेपालका लागि जीपको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यहि वर्ष जीप कम्पास ल्याउने भएको छ।

 
जीप कम्पास 

 

जीप कम्पास एक आरामदायी, शक्तिशाली र किफायती  एसयुभी हो।  भारतमा नै उत्पादन हुने यस एसयुभीले अन् रोड र अफ रोडमा चलाउन उचित पावर प्रदान गर्छ। सन् २०१७ मा उत्पादन सुरु भएको यस मोडल भारतमा मात्र एक वर्ष मै २० हजार भन्दा बढी संख्यामा बिक्रि भईसकेको छ। जीप पश्चिममा मात्र नभएर दक्षिण एसियामा पनि प्रिय रहेको कुरा यसैबाट पुष्टि हुन्छ। 

 

 

जीप चेरोकी 

जीप चेरोकीका हाल उपलब्ध चार वटा मोडल छन् -सपोर्ट, ल्याटिट्युड, लिमिटेड र ट्रेल रेटेड ट्रेलहक। यो मोडल पुरानो लिवर्टिलाई प्रतिस्थापन गर्नका लागि आएको मोडल हो। यो एक मध्यम बर्गीय एसयुभी हो जुन हेर्दामा आकर्षक छ, उर्जा खपतमा कुशल छ र जस्तो सुकै बाटोको लागि पनि उचित छ।

 

जीप रेनेगेड 

 

जीप रेनेगेड जीप ब्राण्डमा पहिलो सानो साइजको एसयुभी हो। आकारमा सानो भएपनि यसमा अफ रोड़ र अन रोडमा चलाउनका लागि आवश्यक पावर छ। यहि पावरले गर्दा नै लन्चको बेलामा जीप रेनेगेड सबैभन्दा योग्य सानो आकारको एसयुभी बनेको थियो।

 

 

 

 

 

जीप रेंग्लर 

 

जीप रेंग्लर क्लासिक रेट्रो लुक भएको जीप हो। पुरानै विलिस एमबिको डिजाइन शैलीमा निर्माण गरिएको यस जीपमा नयाँ फिचर र शक्तिशाली इन्जिन राखिएको छ। अफ रोडमा खुल्ला भइ  चलाउन मन हुनेहरुका लागि बनेको यस जीप नै जीप ब्राण्डको चिनारी हो। 

 

 

 

 

स्रोत: जीप 

प्रायोजित : एम.ए.डब्लु इन्टरप्राइजेज

यसमा तपाईको मत