बजार संक्षेप

बोटलर्स नेपालले  “बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८” जित्न सफल

    2019-07-25

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (आईक्यान) ले कोका–कोला नेपालको बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडलाई “बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८” को रनर अप अवार्डबाट सम्मानित गरेको छ। २०१८ को वार्षिक रिपार्टको प्रस्तुतीमा सबै क्षेत्रमा उत्कृष्टताका लागी यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ। आईक्यानले होटल र्याडिसन्मा आयोजना गरेको अवार्ड माननीय अर्थमन्त्री युवराज खतिवडाले बोटलर्स नेपाल लि.का कन्ट्री फाइनान्स म्यानेजर श्री सुमित गोयल तथा बोटलर्स नेपाल लि.का फाइनान्स कन्ट्रोलर श्री अशोक मण्डललाई प्रदान गरिएको बिज्ञप्तिमा जानकारी गरिएको छ। बोटलर्स नेपाल लिमिटेडले विगत ४ वर्षदेखि निरन्तर “बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड” जित्दै आइरहेको छ। बोटलर्स नेपाल लिमिटेडले सन् २०१५, २०१६ र २०१७ मा क्रमश सेकेन्ड रनर अप, फस्ट रनर अप तथा विजेताको अवार्ड जित्न सफल भएको थियो। यस जितलाई निरन्तर कायम राख्दै बोटलर्स नेपाल लिमिटेड आफ्नो कार्यलाई पारदर्शिता बनाउन र कर्पोरेट गभर्नेन्स पालना गर्न प्रतिबद्ध रहेको छ।


 

यसमा तपाईको मत