बजार संक्षेप

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

  नागरिक   2019-10-23

काठमाडौं– बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ ।
उक्त ट्रेनिङमा १८ जना जिएस राइडरले सहभागिता जनाएको कम्पनीले जनाएको छ । सहभागी राइडर्सहरु विएमडब्लु मोटराडको सोरुम नारायण चौरमा भेला भई सिस्टमेटिक गु्रप राइड गरी सोरुमबाट हात्तीसार, कृष्ण पाउरोटी, घन्टाघर, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, पुलचोक, मंगलबजार, ग्वार्को, इमाडोल, सिद्धिपुर हुँदै लुभुको डाँडामा रहेको टे«निङ कार्यक्रमस्थल पुगेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
बिएमडब्लू जिएस सर्टिफाइड ट्रेनिङका लागि डिजाइन गरिएको पूरै अफरोड रेसिङ ट्र्याकमा २२ देखि ५० भन्दा बढी उमेरका सहभागी राइडर्सलाई बिएमडब्लू मोटराड जिएस इन्टरनेसनल टे«नर अजित भारद्वाजबाट नेपालमै पहिलोपटक बिएम डब्लु जिएस सर्टिफाइड ट्रेनिङ दिइएको थियो ।

यसमा तपाईको मत