ग्याजेट विशेष

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

  नागरिक   2019-07-23

स्मार्टफोन बजारमा मिडरेन्ज अर्थात् मध्यम वर्गीय स्थानमा २० देखि ३० हजार पर्ने स्मार्टफोनहरू पर्छन । यस मूल्यको दायरामा पर्ने र नेपाली बजारमा सजिलै खरिद गर्न सकिने मोडर्न स्मार्टफोनहरूको सूची यहाँ प्रदान गरिएको छ । यदि तपाईंको बजेट २० हजारभन्दा कम छ भने हाम्रो हालै प्रकाशित “२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू” नामक लेखमा जानुहोस् । उक्त लेखमा जानका लागि यो लिंकमा क्लिक गर्नुहोस्: २० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू


अहिले बजारमा उपलब्ध भएका र हालै रिलिज भएका २० हजार देखि ३० हजारसम्मका एन्ड्रोइड स्मार्टफोनहरू यस प्रकारका रहेकाछन्:

१. सामसँग ग्यालेक्सी ए ३०

सामसँगको मिडरेन्ज स्मार्टफोन मध्येको डिजाइन, फिचर र मूल्यको सही तालमेल मिलेको स्मार्टफोनमा सामसँग ग्यालेक्सी ए ३० लाई राख्न सकिन्छ । हेर्दामा सिसाले बनेको जस्तो देखिने आकर्षक यस स्मार्टफोन बलियो र खसे पनि नफुट्ने प्लास्टिकले बनेको छ । अगाडी ६.४ इन्चको सुपर एमोलेड डिस्प्ले राखिएको छ जसको रेजोलुसन फुल एचडी भन्दा थोरै बढी रहेको छ । त्यही ठूलो डिस्प्लेको माथि सानो नच राखिएको छ जसले १६ मेगापिक्सलको सेल्फी क्यामरालाई राखेको छ । पछाडी १६ मेगपिक्सल मुख्य र ५ मेगापिक्सल अल्ट्रा वाइड गरेर दुईवटा क्यामराहरू राखिएका छन् । ४ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेजमा उपलब्ध हुने यस स्मार्टफोनलाई चलाउनका लागि सामसँग कै आफ्नै एक्जीनस ७९०४ प्रोसेसरको प्रयोग गरिएको छ । दिनभरि चल्ने ४००० mAh को ब्याट्री र उक्त ब्याट्रीलाई चाडो चार्ज गर्ने १५ वाटको युएसबी सी  फास्ट चार्जर पनि उपलब्ध गराइएको छ ।

नेपाली बजार मूल्य: नेरु २६,०००

२. रेड्मी नोट ७ / नोट ७ प्रो

रेड्मी नोट ७ सिरिजबाट थोरै मूल्यमा उच्चस्तरीय स्मार्टफोन प्रदान गरेर सायोमीले संसारलाई चकित बनाएको थियो । उक्त सिरिजका स्मार्टफोनहरू अहिले खरिदका लागि नेपाली बजारमा सजिलै उपलब्ध छन् । यी सिरिजमा सायोमीको रेड्मी ७ र रेड्मी ७ प्रो पर्छन - जस मध्ये रेड्मी ७ सस्तो र अलि कम फिचर भएको स्मार्टफोन रहेको छ भने रेड्मी ७ प्रो अलिक महँगो तर रेड्मी ७ को तुलनामा निकै अब्बल स्मार्टफोन रहेको छ ।

रेड्मी नोट ७ मा ६.३ इन्चको फुल एचडी डिस्प्ले राखिएको छ र उक्त डिस्प्लेको माथि पट्टि सानो नचमा १३ मेगापिक्सलको सेल्फी क्यामरा राखिएको छ । रेड्मी नोट ७ प्रोमा भने ६.४ इन्चको फुल एचडी रेजोलुसनको डिस्प्ले राखिएको छ तर यस प्रो मोडलमा चाँही २५ मेगापिक्सलको सेल्फी क्यामरा राखिएको छ । दुवै मोडलको पछाडी मुख्य ४८ मेगापिक्सलको क्यामरा राखिएको छ तर रेड्मी ७ प्रोमा भने तीनवटा रिअर क्यामराहरू रहेकाछन् । पछाडी भएको क्यामराको संख्या रेड्मी नोट ७ मा भने दुई मै सिमित छ । रेड्मी नोट ७ मा स्नापड्रागन ६६० प्रोसेसर रहेको छ भने रेड्मी नोट ७ प्रो मा तुलनात्मक रुपमा केही हदसम्म फास्ट प्रोसेसर राखिएको छ । दुवै प्रोसेसरले साधारण प्रयोग देखि गेम खेल्नसम्म सबै कार्यहरू सजिलैसँग र राम्रोसँग संचालन गर्न सक्नेछन् । रेड्मी ७ प्रो र रेड्मी ७  दुवै मोडलमा  ४००० mAh को ब्याट्री राखिएको छ जसलाई चार्ज गर्नका लागि १८ वाटको युएसबी सी फास्ट चार्जर पनि राखिएको छ ।

नेपाली बजार मूल्य: रेड्मी नोट ७ : नेरु २२,००० ( ३ जीबी र्याम / ३२ जीबी स्टोरेज ), २५,००० ( ४ जीबी र्याम, ६४ जीबी स्टोरेज), २७,००० (  ४ जीबी र्याम, १२८ जीबी स्टोरेज )

रेड्मी नोट ७ प्रो : नेरु २९,०००

३. रिअल्मी २ प्रो

रिअल्मीले छोटो समयमा नै मिडरेन्ज र बजेट स्मार्टफोन बजारमा आफुलाई स्थापित गर्न सफल भएको छ । बजेट मूल्यमा पनि फ्ल्याग्शिप स्तरको डिजाइन प्रदान गरिएको रिअल्मी २ प्रो एक आकर्षक मिडरेन्ज स्मार्टफोन रहेको छ । यसमा ६.३ इन्चको फुल एचडी रेजोलुसनको डिस्प्ले राखिएको छ । अगाडी १६ मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ भने पछाडी १६ मेगापिक्सल र २ मेगपिक्सलको डबल क्यामरा सेट अप रहेको छ । सबैलाई चलाउनका लागि मिडरेन्ज स्तरको निकै अब्बल प्रोसेसर - स्नापड्रागन ६६० राखिएको छ । ब्याट्रीको साइज भने अन्यको तुलनामा अलिक कम रहेको छ - केवल ३५०० mAh को ब्याट्री राखिएको छ । उक्त ब्याट्रीलाई चार्ज गर्नका लागि १० वाटको चार्जर राखिएको छ जुन युएसबी सी होइन - रिअलमि २ प्रोले अझै पनि माइक्रो युएसबी नै प्रयोग गरेको छ  ।

नेपाली बजार मूल्य : नेरु २४,०००


४. अनर 8X

हुवावेको उप-ब्राण्ड रहेको अनरले बिगतका केही वर्ष देखि बजेट मूल्यमा पनि निकै उच्चस्तरीय स्मार्टफोनहरू उपलब्ध गराउँदै आएको छ । अनर स्मार्टफोनहरूको हुवावे कै स्मार्टफोनहरूसँग प्रोसेसर, अपरेटिंग सिस्टम र धेरै हदसम्म डिजाइन पनि मिल्न जान्छ । अनर 8X मा ६.५ इन्चको आइपीएस एलसीडी डिस्प्ले राखिएको छ जसको रेजोलुसन फुल एचडी रहेको छ । हुवावेको आफ्नै मिडरेन्ज स्मार्टफोनको लागि बनेको मिडरेन्ज प्रोसेसर किरिन ७१० को प्रयोग यस स्मार्टफोनमा गरिएको छ । उक्त प्रोसेसर गेम खेल्न देखि साधारण कार्यहरूका लागि पर्याप्त रहेको छ । अगाडी १६ मेगापिक्सलको सेल्फी क्यामरा राखिएको छ भने पछाडी दुईवटा क्यामरा छ - २० मेगापिक्सलको मुक्य र २ मेगापिक्सलको डेप्थ सेन्सर । पावर कुशल प्रोसेसर र ३७५० mAh को ब्याट्री भएकाले यस स्मार्टफोनको ब्याट्री लाइफ पनि निकै राम्रो छ ।

नेपाली बजार मूल्य : नेरु २५,०००

 

यसमा तपाईको मत