ग्याजेट विशेष

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

  नागरिक   2019-08-21

स्मार्टफोन क्यामराको गुणस्तरलाई मेगापिक्सलले मात्र नभएर थुप्रै अन्य कुराहरुले असर गरिरहेको हुन्छ । यहि कारणले नै कुन स्मार्टफोन राम्रो भन्ने कुराको सिधा अड्कल लगाउन मिल्दैन ।


DxOMark ले विगतको एक दशक देखि रिलिज भएका मुख्य मुख्य सम्पूर्ण स्मार्टफोनको क्यामरालाई टेस्ट गरेर उक्त क्यामरालाई अंक प्रदान गर्छ । उक्त अंक जति बढी, त्यति नै राम्रो क्यामरा । DxOMark को वेबसाइटमा हालै सबैभन्दा धेरै अंकका साथ उत्कृष्ट क्यामरा भएको स्मार्टफोन हो सामसंगको नयाँ फ्ल्याग्शिप स्मार्टफोन - सामसंग ग्यालेक्सी नोट १० र नोट १० प्लस ।


यस संस्थाले सामसंगको ग्यालेक्सी नोट १० फाइभजी मोडलको विश्लेषण गरेको छ । विश्लेषण पछि ग्यालेक्सी नोट १० फाइभ जीले पाउने क्यामराको अंक ११३ रहेको छ भने सेल्फीले पाउने अंक ९९ रहेको छ । यी अंकहरूको साथमा हालको लागि ग्यालेक्सी नोट १० सिरिज नै सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन बनेको छ ।


सामसँगको ग्यालेक्सी नोट १०, नोट १० प्लस र नोट १० फाइभ जी मोडल सबैमा एकै प्रकारको क्यामरा राखिएको छ । यहाँ DxOMark को विश्लेषणमा नोट १० फाइभ जी मोडलको प्रयोग गरिएको छ तर यस मोडलको क्यामरा पनि अन्य मोडलहरूसँग एकै भएकाले सामसंग ग्यालेक्सी नोट १० सिरिजको अंकलाई एकै मान्न सकिन्छ ।


यसभन्दा अगाडी सबैभन्दा धेरै अंक ल्याउने स्मार्टफोन हुवावेको पी ३० प्रो रहेको थियो । उक्त स्मार्टफोनले मुख्य क्यामरामा ११२ अंक ल्याएको थियो जुन सामसंग ग्यालेक्सी नोट १० को तुलनामा केवल १ ले मात्र थोरै हो । तर सेल्फी क्यामराको गुणस्तरमा हेर्दा भने हुवावे पी ३० प्रो ले केवल ८९ अंक ल्याउन सकेको थियो जहाँ की सामसंग ग्यालेक्सी नोट १० ले ९९ अंक पाएको छ ।


सामसंगका तीनैवटा मोडलमा वाइड एन्गल १६ मेगापिक्सलको क्यामरा, १२ मेगापिक्सलको मुख्य क्यामरा र १२ मेगापिक्सलको जुम लेन्स क्यामरा समावेश गरिएको छ । ग्यालेक्सी नोट १० प्लस र फाइभ जी मोडलमा मा चाँही एउटा सानो र कम रेजोलुसनको डेप्थ सेन्सर पनि राखिएको छ  ।

नोट १० र नोट १० प्लसका विशेषताहरू:

प्रोसेसर : स्नापड्रागन ८५५
एस पेन : ब्लुतुथ लो पावर भएको, मोसन सेन्सरहरू
डिस्प्ले : डाइनामिक एमोलेड डिस्प्ले
वाइड एंगल क्यामरा : १६ मेगापिक्सल
मुख्य क्यामरा : १२ मेगापिक्सल
जुम लेन्स क्यामरा : १२ मेगापिक्सल
सेल्फी क्यामरा : १० मेगापिक्सल
डिस्प्ले भित्र नै भएको फिंगरप्रिन्ट स्क्यानर

नोट १० प्लस  को मात्र विशेषता

डिस्प्ले : ६.८ इन्च, ३०४० x  १४४० पिक्सल
र्याम : १२ जीबी
स्टोरेज : २५६ जीबी वा ५१२ जीबी, मेमोरी कार्ड लाग्ने
ब्याट्री : ४३०० mAh
डेप्थ सेन्सर

नोट १० को मात्र विशेषता

डिस्प्ले : ६.३ इन्च, २२८० x १०८०
र्याम : ८ जीबी
स्टोरेज : २५६ जीबी, मेमोरी कार्ड नलाग्ने
ब्याट्री : ३५०० mAh

यसमा तपाईको मत