बजार संक्षेप

बेस्ट फाइनान्सका अध्यक्षको शपथग्रहण

    2019-07-14

काठमाडौं–बेस्ट फाइनान्सका नवनिर्वाचित अध्यक्ष अमिरध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कायम मुकायम कार्यकारी निर्देशक बमबहादुर मिश्रले उनलाई शपथग्रहण गराएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशकहरु नरेन्द्रसिंह विष्ट, विरेन्द्रदत्त अवस्थी, दिपक पोखरेल तथा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी लगायतको उपस्थिति थियो । प्रधान कम्पनी सञ्चालक समितिको बैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।

यसमा तपाईको मत