बजार संक्षेप

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

  नागरिक   2019-11-21

काठमाडौं– नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सो अनाथालयका अनाथ तथा असहाय बालबालिकाको अध्ययन र बसोबास सहज होस् भनेर ब्ल्यांकेट उपलब्ध गराएको बैंकको विज्ञप्तिमा उल्लेख छ । 
बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंहले अनाथालयका बालबालिकालाई ब्ल्यांकेट हस्तान्तरण गरेकी थिइन् । 
 

यसमा तपाईको मत