अटो विशेष

बजाजको ‘भविष्यवाणी’ अफर

    2019-08-23

काठमाडौं– बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनील चाडपर्वको लक्षित ‘अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ नारासहित ‘बजाज भविष्यवाणी’ प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । 
यसअन्तर्गत बजाजले ग्राहकलाई मोटरसाइकल किन्नुअघि र किनेपछि कति रकम जितिन्छ भनेर पहिल्यै थाहा पाउने अवसर प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ । भविष्यवाणी क्याम्पेन अन्तर्गत ग्राहकले बजाज मोटरसाइकल किन्नुअगाडि स्क्र्याच कार्ड प्राप्त गर्ने र त्यसमार्फत एक लाखसम्मको स्योर सट डिस्काउन्ट थाहा पाउन सक्ने जनाइएको छ ।
बजाज मोटरसाइकलको खरिदपछि फेरि अर्को स्क्र्याच कार्ड पाइनेछ । त्यसबाट एक लाखसम्म नगद छुट पाउने उल्लेख छ । यस योजनाअन्तर्गत ग्राहकले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गर्दा किन्नुअघि र किनेपछि एक लाख रुपैयाँको स्क्र्याच कार्ड पाउन सक्ने कम्पनीको भनाइ छ । 
 

यसमा तपाईको मत