अटो विशेष

अग्रणी ब्रान्ड चांगन काठमाडौं आउँदै

  नागरिक   2021-09-22

अटोमोबाइलको दुनियामा एक अग्रणी ब्रान्ड, चांगन अटो काठमाडौंमा एक विश्वस्तरीय शोरूमसँग आउँदैछ। चांगन अटोमोबाइल तिब्र गतिमा बढिरहेको एक ग्लोबल अटोमोबाइल कम्पनी हो, जुन ६० भन्दा बढी देशहरुमा पहिचान बनाउन सफल भएको छ। आफुलाई सर्वोत्तम बनाउन कम्पनीले आफ्नो सेवा र सुबिधा को गुणस्तर कायम गर्दै डिजाइन र प्रविधिमा विशेष जोड दिएको छ।   

काठमाडौं सहरको मुटुमा चांगनको शोरुम पर्याप्त पार्किंग क्षेत्र सहित ३ रोपनीको क्षेत्रफलमा निर्माण गरिनेछ।
यस कम्पनीको निर्माण हुनलागेको विलासी डिजाइनको शोरुम दुवै भित्र र बाहिरबाट उच्चस्तरीय हुने भएकाले यसले ग्राहकहरुको अनुभवमा नयाँ परिभाषा दिने कम्पनीको दावी छ। यस शोरुमले गुणस्तरीयता अनुभूतिको महसुस गराउंदै सम्पूर्ण नेपाली बजारमा एक बेग्लै किसिमको छाप छोड्ने कम्पिनीको विश्वास रहेको छ।

 

यसमा तपाईको मत