बजार संक्षेप

सिद्धार्थ बैंकको सहयोग

  नागरिक   2020-01-22

काठमाडौं– सिद्धार्थ बैंकले टिच फर नेपाललाई पाँच लाख रूपैयाँ सहयोग गरेको जनाएको छ । सो सहयोग रकम, बैंकको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सह–संस्थापक स्वस्तिका श्रेष्ठलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बैंकले ग्रामीण जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त रकम संस्थाले विभिन्न ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा उपयोग गर्ने बैंकको विश्वास छ । यस अभियान अन्तर्गत संस्थाले देशका विभिन्न ग्रामीण जिल्लाको सार्वजनिक विद्यालयका बालबालिकालाई दुई वर्षका लागि स्वयंसेवी शिक्षकमार्फत गणित, विज्ञान र अंग्रेजी विषयमा अध्यापन गराउनेछ ।
हाल बैंकले चार एक्स्टेन्सन काउन्टर सहित एक सय ८० शाखा, एक सय एक शाखारहित बैंकिङ सेवा, दुई सय एटिएम र १६ सयभन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिँदै आएको छ । 
 

यसमा तपाईको मत