बजार संक्षेप

एसियन पेन्ट्सको रोयल हेल्थ सिल्ड बजारमा

    2019-08-22

काठमाडौं– एसियन पेन्ट्स नेपालले रोयल हेल्थ सिल्ड इन्टेरियर इमल्सन पेन्ट्स सार्वजनिक गरेको छ । सार्वजनिक पेन्टमा किटाणु मार्ने, घरभित्र रहेको दुर्गन्धलाई सोसेर हावालाई शुद्ध गर्नेलगायतका असाधारण विशेषता रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘सिल्भर आयन’ प्रविधि रहेको यस उत्पादनले ९९ प्रतिशतसम्म संक्रमण उत्पन्न गर्ने ब्याक्टेरिया मार्ने र पेन्टमा फुलको वास्ना आउने पनि कम्पनीले जनाएको छ ।
पेन्टले आफ्नो नवीन आविष्कारयुक्त ‘फर्माल्डिहाइड एबेटमेन्ट’का माध्यमबाट हावालाई शुद्ध पार्ने उल्लेख छ ।


 
 

यसमा तपाईको मत