ग्याजेट विशेष

हरेक स्मार्टफोन फोटोग्राफरको स्मार्टफोनमा हुनै पर्ने एप्सहरू !

  नागरिक   2020-01-25

स्मार्टफोनको क्यामरा अब्बल हुँदै जाँदा स्मार्टफोनबाट नै फोटोग्राफी गर्न मन पराउनेहरू पनि बढ्दै गएका छन् । स्मार्टफोनबाट फोटो खिच्न निकै सजिलो हुन्छ र उक्त फोटोलाई झनै सजिलोसँग इन्सटाग्राम, फेब्सुक, स्न्यापच्याट जस्ता सामाजिक संजालमा सेयर गर्न मिल्छ । स्मार्टफोनको क्यामराको गुणस्तर विशेष डीएसएलआर जस्तो नभए पनि आजभोलिको स्मार्टफोन क्यामराहरूको गुणस्तरमा निकै सुधार भएको भेटिन्छ । मोबाइल अर्थात् स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरूको बारेमा यहाँ चर्चा गरिएको छ । 

१. पोलार फोटो एडिटर (Polarr Photo Editor ) 

 

स्मार्टफोनका लागि सम्भवतः सबैभन्दा धेरै फिचर भएको फोटो एडिटर हो पोलार फोटो एडिटर । यो एप एन्ड्रोइड र आइफोन लगायत विन्डोज कम्प्युटर, म्याक र इन्टरनेट ब्राउजरमा पनि उपलब्ध छ । यस एपको दुईवटा संस्करण छ - एउटा नि:शुल्क छ भने पूर्ण फिचर भएको संस्करणका लागि पैसा तिर्नु पर्ने हुन्छ । तर फ्री संस्करण मै उपलब्ध भएको एप पनि फोटो एडिटिंगका लागि पर्याप्त छ । यस फोटो एडिटरमा बिल्ट इन आकर्षक इफ्फेक्टहरू छन् र रिटच गर्ने टुलहरू पनि छन् । अन्य एपमा फ्रीमा उपलब्ध नहुने इफ्फेक्टहरू पनि यस एपमा सुरुबाटै नि:शुल्क उपलब्ध गराईएको छ । यस एपमा भएको अटो इमेज इन्ह्यांसरले तस्विरमा भएका खोटहरूलाई अटोमेटिक सुधार गर्न सक्नेछ । तस्विरमा रंग मिलाउन ( कलर करेक्सन गर्न ) यो एप निकै नै शक्तिशाली छ । यस एपमा भएको पोलार कर्भको सहयोगबाट सजिलैसँग तस्विरको आर जी बी मिलाउन सकिन्छ । 

२. VSCO क्यामरा 

VSCO क्यामरा फोटो खिच्ने र फोटो एडिट गर्नका लागि प्रयोग गर्न मिल्ने निकै उपयोगी एप हो । यस एपबाट विभिन्न फिल्टरहरूमा फोटो खिच्नका साथै खिचेको फोटोलाई उच्चस्तरीय एडिट पनि गर्न सकिन्छ । यस एपबाट एक्पोस्जर, कन्ट्रास्ट र तस्विरको आर जी बी मिलाउन सकिन्छ । यस एपमा उपलब्ध भएको निकै धेरै फिल्टरहरूलाई व्यक्तिगत तरिकाले प्रयोग गर्न मिल्छ । यस क्यामरा एप एन्ड्रोइड र आइफोन दुवैमा नि:शुल्क उपलब्ध छ तर प्रो संस्करणका लागि भने मासिक पैसा तिर्नु पर्ने हुन्छ । फ्री संस्करण मै पनि यस एपमा भएको फिचरहरूले मोबाइल फोटोग्राफी रुचाउनेहरू सन्तुष्ट हुनेछन् ।


३. एडोबका एपहरू

कम्प्युटरमा फोटो एडिटिंग सफ्टवेयर र फोटोसपलाई पर्यायवाची जसरी प्रयोग गरिन्छ । उक्त फोटोसप निर्माण गर्ने कम्पनी हो एडोब जसले स्मार्टफोनमा पनि उच्चस्तरीय एपहरू उपलब्ध गराएको छ । यस अन्तर्गत एडोबको फोटोसप एक्सप्रेस (Adobe Photoshop Express), फोटोसप फिक्स ( Photoshop Fix ) , लाइटरूम ( Lightroom ) , फोटोसप मिक्स ( Photoshop Mix ) , इलुसट्रेटर ड्र ( Illustrator Draw ) आदि जस्ता निकै शक्तिशाली एपहरू छन् । यी एपहरू प्रयोग गर्नका लागि प्रयोगकर्ताले एडोबको एकाउन्ट बनाउनु पर्ने हुन्छ जुन निकै सजिलो छ । 

फोटोसप एक्सप्रेसबाट प्रयोगकर्ताले फिल्टर र पहिल्यैबाट तैयार फिचरहरू प्रयोग गरेर आफ्नो फोटोलाई अझ राम्रो बनाउन सक्छन । फोटोसप फिक्स भने फोटोको रिटचको लागि प्रयोग गर्न मिल्छ । फोटोसप मिक्सबाट प्रयोगकर्ताले फोटोलाई काट्ने र जोड्ने काम गर्न सक्नेछन् । एडोब लाइटरूमबाट फोटो एडिट गर्न, सेयर गर्न र मिलाउन सकिन्छ । स्मार्टफोन फोटोग्राफी रुचाउनेहरूका लागि अल इन वान एपको रुपमा यस एपलाई प्रयोग गरिन्छ । 

यी सबै एपहरू आइफोन र एन्ड्रोइडमा नि:शुल्क उपलब्ध छन ।
 
४. गुगल  स्नापसिड  ( Google Snapseed ) 

गुगलले नि:शुल्क उपलब्ध गराउदै आएको फोटो एडिटिंग एप स्नापसिड  । यो एप गुगलको एन्ड्रोइड र आइफोनमा डाउनलोडका लागि उपलब्ध छ । यो एप स्मार्टफोनका लागि बनेको सबैभन्दा धेरै फिचर भएको एप हो जसका लागि पैसा तिर्नु पर्दैन । यसमा साधारण क्रप गर्ने, फोटो काट्ने, मिलाउने,फिल्टर हाल्ने देखि लिएर डेप्थ अफ फिल्ड मिलाउने, आर जी बी कर्भ मिलाउने र तस्विरको एंगल नै परिवर्तन गर्ने फिचरहरू राखिएको छ । यस एपमा भएका कतिपय फिचरहरू कम्प्युटरमा उपलब्ध हुने फोटो एडिटरमा पनि छैन । यस एपले ए आइको प्रयोग गरेर प्रयोगकर्ताको फोटोमा नयाँ जानकारी थप्न सक्छ । 

५. अन्य 

क. अनलिमिटेड मात्रामा फोटोहरू अपलोड गर्नलाइ गुगल फोटोज ( Google Photos )
ख. RAW फर्म्याटमा तस्विर खिच्ने निशुल्क क्यामरा एप : ओपन क्यामरा ( Open Camera )
ग. कम्प्युटर र स्मार्टफोन बीच सजिलै फाइल र फोटोहरू ट्रान्सफर गर्नका लागि : डक्टो ( Dukto )
घ. ब्ल्याक एण्ड व्हाइटमा तस्विर खिच्न रुचाउनेक लागि : कार्बन ( Carbon )

यसमा तपाईको मत