अटो विशेष

एप्पलको गाडी तीन वर्षपछि आउने

  नागरिक   2021-09-05

एप्पल कम्पनीले एप्पल कार २०२४ मा सार्वजनिक गर्ने भएको छ। यो एप्प्ल कम्पनीको पहिलो गाडी हुने छ। कोरिया र जापानमा उक्त गाडीको उत्पादन हुने पनि कम्पनीले जनाएको छ। सन् २०१४ देखि नै एप्पल यस प्रोजेक्टमा लागेको हो। 

एप्पल कार डेभलपमेन्टमा कोरियाको एसके ग्रुप र एल.जी इलेक्टोनिक्स आवद्ध छन् भने गएको महिनामा जापानको टोयोटा कम्पनीसंग पनि एप्पल कार प्रोजेक्टमा सामेल हुने कम्पनीले जनाएको छ। 

रोयटर्सका अनुसार एप्पल कम्पनीले आफ्नो नयाँ डिजाईनको ब्याट्री उत्पादन गर्ने प्रक्रियामा रहेको छ। यस ब्याट्रीलाई कम दाममा खरिद गर्न सकिने र गाडीको रेन्ज पनि बढाउने भनिएको छ। 

रिपोर्टका अनुसार एप्पल कम्पनीले इ।भी ब्याट्री अमेरिकामा उत्पादन गर्नेमा चासो देखाएको छ।

यसमा तपाईको मत