बजार संक्षेप

एपोलो टायरको ध्यान नेपालमा

  नागरिक   2020-01-29

काठमाडौं– एपोलो टायरले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको छ । वितरक तथा बिक्रेताको उपस्थितिमा कम्पनीका उपाध्यक्ष राजेश दहियाले उक्त कार्यालयको उद्घाटन गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले नेपाली बजारमा प्रवेश गरेसँगै व्यापारिक गाडी तथा पेसेन्जर कारको बजारमा फराकिलो स्थान ओगटेको जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले हालै मोटरसाइकल तथा स्कुटीका टायरमा अल्फा रेडिकल रेन्ज÷एक्टी सिरिज बायस रेन्ज सार्वजनिक गरेको जनाएको छ ।
नेपालको विभिन्न क्षेत्रमा विकास र सम्भावनाबारे विचार गर्दै कम्पनीले आफ्ना ग्राहकलाई अधिक गुणस्तरीय सेवा प्रदान गर्न नेपालमा कार्यालय र दक्ष टोली तयार पारेको जनाएको छ ।
नेपालका लागि एरो इन्टरनेसनल शुभश्री प्रालि र पल्लवी इन्टरप्राइजेज आधिकारिक वितरक भई एपोलो टायरसँग आवद्ध रहेको कम्पनीले जनाएको छ ।
 

यसमा तपाईको मत