बजार संक्षेप

पाथिभरा एडभरटाइजिङको वार्षिकोत्सव

  नागरिक   2020-01-31

विराटनगर– पाथिभरा एडभरटाइजिङ प्रालिको छैठौं वार्षिकोत्सव सम्पन्न भएको छ । सुनसरीको इटहरीमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष शशि रिजालले खराब सामानको निरुत्साहन र राम्रा प्रोत्साहनका लागि विज्ञापन अनिवार्य भएको बताएका छन् ।
कम्पनीको तथा पाथिभरा जब लिंकको प्रथम वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित रिजालले हरेक राम्रा उत्पादन र सामानको बजार विस्तारका लागि विज्ञापन आवश्यक रहेको जानकारी गराएका हुन् । 
अध्यक्ष रिजालले सरकारले ल्याएको क्लिन फिड नीतिले नेपालको अर्थतन्त्रलाइ समेत बढावा गर्न सहयोग पुग्ने कुरामा जोड दिए । उनले क्लिन फिडपश्चात टेलिभिजन च्यानललाई सञ्चालन गर्न ठूलो मद्दत पुग्ने विश्वास समेत व्यक्त गरे । 
कार्यक्रममा ब्रोडकास्टिङ एसोसिएसन (बान) का अध्यक्ष चन्द्र न्यौपानेले पनि विज्ञापनबिना कुनै पनि उत्पादनको बजार विस्तार हुन नसक्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खडका, एपीवान तथा प्राइम टेलिभिजनका १ नम्बर प्रदेश इन्चार्ज मिलन बुढाथोकी र बिकल रेग्मी, पर्यटन पत्रकार समुहका १ नम्बर प्रदेश अध्यक्ष बिराट अनुपम लगायतको सहभागिता रहेको थियो । 
पाथिभरा एडभरटाइजिङ तथा पाथिभरा जब लिंक प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक अधिकारीले विज्ञापन भनेको कुनै पनि प्रोडक्टको श्वास भएको बताए । विज्ञापनबिना कुनै पनि प्रोडक्ट सफल नहुने भन्दै उनले यही कुरालाई मध्यनजर गरी मोफसलमा एजेन्सी स्थापित गरेको उनको भनाइ छ । 
 

यसमा तपाईको मत