ग्याजेट विशेष

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

  नागरिक   2019-08-24

गुगलले अहिलेसम्म रिलिज भएका सम्पूर्ण एन्ड्रोइड संस्करणहरूको नाममा मिठाइ वा गुलियो खाने कुराहरूको नाम प्रयोग गर्दै आएको थियो । बिगतको दशक देखि गुगलले अंग्रेजी बर्णमालाको तेस्रो अक्षर अर्थात् C बाट सुरु हुँदै सोह्रौं अक्षर P सम्म मिठाइको नामहरू प्रयोग गर्दै आएको थियो । यो परम्परा यस वर्ष एन्ड्रोइड १० अर्थात् एन्ड्रोइड Q सँगै तोडिने भएको छ ।

गुगलले यस वर्ष पछि कुनै पनि एन्ड्रोइडको संस्करणहरूमा मिठाईको नाम वा कुनै पनि प्रकारको नामहरू प्रयोग नगर्ने भएको छ । गुगलले अब बाट हरेक नयाँ एन्ड्रोइड संस्करणमा अंकको मात्र प्रयोग गर्नेछ । यस वर्ष रिलिज हुन लागेको एन्ड्रोइड संस्करणलाई पनि केवल एन्ड्रोइड १० को नामबाट चिनिने छ भने अर्को वर्ष रिलिज हुने गुगलको नयाँ एन्ड्रोइड संस्करणलाई एन्ड्रोइड ११ को नामले चिनिने छ ।

एन्ड्रोइडको संस्करणको नामलाई संसारका सबै स्थानमा राम्रोसँग बुझ्न सकिने बनाउनका लागि नै गुगलले आगामी एन्ड्रोइड संस्करणको नामहरूमा कुनै पनि प्रकारको अंग्रेजी शब्दको प्रयोग नगर्ने कुराको जानकारी गुगलको ग्लोबल ब्रान्ड डिरेक्टरले प्रदान गरेका छन् ।

एन्ड्रोइडको नयाँ चिन्ह / लोगो

नामको परिवर्तनसँगै एन्ड्रोइडको चिन्हमा पनि परिवर्तन आएको छ । यस नयाँ चिन्हमा एन्ड्रोइड रोबोटको पूर्ण शरीर छैन - केवल चहकिलो हरियो रङ्गमा एन्ड्रोइड रोबोटको शिर मात्र देखिन्छ । गुगलको ग्लोबल ब्रान्ड डिरेक्टरले एन्ड्रोइडको लोगोमा भएको रोबोटले नै एन्ड्रोइडलाई अन्य अपरेटिंग सिस्टमभन्दा पृथक बनाएको बताउछन् । अबबाट एन्ड्रोइडको चिन्हमा उक्त सानो हरियो रोबोटको सधैं प्रयोग गरिनेछ ।

हालसम्मको एन्ड्रोइड संस्करण र नामहरू

एन्ड्रोइड संस्करण  १.५  : Android Cupcake
एन्ड्रोइड संस्करण  १.६ : Android Donut
एन्ड्रोइड संस्करण  २.० - २.१ : Android Eclair
एन्ड्रोइड संस्करण  २.२ : Android Froyo
एन्ड्रोइड संस्करण  २.३ - २.४ : Android Gingerbread
एन्ड्रोइड संस्करण  ३.० - ३.२ : Honeycomb Honeycomb
एन्ड्रोइड संस्करण  ४.० : Android Ice Cream Sandwich
एन्ड्रोइड संस्करण  ४.१ : Android Jelly Bean
एन्ड्रोइड संस्करण ४.४ : Android KitKat
एन्ड्रोइड संस्करण ५ : Android Lollipop
एन्ड्रोइड संस्करण  ६ : Android Marshmallow
एन्ड्रोइड संस्करण  ७ : Android Nougat
एन्ड्रोइड संस्करण  ८ : Android Oreo
एन्ड्रोइड संस्करण  ९ : Android Pie
एन्ड्रोइड संस्करण  १० : Android 10

एन्ड्रोइडको नयाँ संस्करणमा भएका फिचरहरू

१. प्राइभेसीका लागि नयाँ फिचरहरु
२. फोल्ड गर्न मिल्ने स्मार्टफोनका लागि बनेको
३. शेयर गर्ने सर्टकर्टमा सुधार
४. नयाँ सेटिंग प्यानल
५. ब्लुतुथ, वाईफाई र डेटाको स्थानीय सुरक्षामा गुगलले सुधार
६. वाईफाईको नयाँ स्तरको लागि पनि सपोर्ट
७. उच्च ग्राफिक गेमहरु निर्माण गर्नका लागि गेम डेभलोपरले एन्गल
९. एपहरु २० प्रतिशतसम्म चाडै खुल्ने
१०. र्याम पनि पहिलेको तुलनामा कम प्रयोग गर्ने

 

 

 

 

यसमा तपाईको मत