बजार संक्षेप

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

  नागरिक   2019-11-10

काठमाडौं– ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको जनाएको छ ।
एक सयभन्दा बढी अन्तर्राष्ट्रिय र राष्ट्रिय शिक्षाविद्, उद्योग विशेषज्ञ, अनुसन्धानकर्ता, नीति–निर्माता र विद्यार्थी सहभागी सम्मेलनमा एआईबारेको शोध–निष्कर्ष तथा अनुभव साटासाट गरेको कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनमा चार मुख्य प्रवचन, दुई प्यानल छलफल, १३ वटा पेपर र दुईवटा पोस्टर प्रस्तुतीकरण पेस गरिएको जनाइएको छ ।
चार अन्तर्राष्ट्रिय मुख्य वक्ताले एआई, मेसिन लर्निङ, गहन अध्ययन, ठूलो डेटा, दिगो कम्प्युटिङ, अन्तर्राष्ट्रिय व्यापार र प्रभाव लगानीको क्षेत्रमा आफ्नो अनुसन्धान परिणाम र अनुभव प्रस्तुत गरेका थिए । प्यानलिस्टहरुले विद्यमान अभ्यास, चुनौती र भविष्यको कारवाहीको आवश्यकताका बारे चर्चा गरेका थिए भने छनोट पेपर र पोस्टर प्रस्तुतकर्ताले उनीहरूको नविन अनुसन्धान परियोजना विचार र निष्कर्ष आदानप्रदान गरेर सम्मेलनमा योगदान पुर्याएको कलेजले जनाएको छ ।


 

यसमा तपाईको मत