काठमाडौं– सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ ।
सिद्घार्थ क्यापिटलाई सन्राइज डिबेन्चर २०८३ को डिबेन्चर ट्रस्टी र वितरण प्रबन्धकको रुपमा नियुक्त गरिएको जनाइएको छ ।
अर्धवार्षिक रुपमा भुक्तानी हुने गरी १०.२५ प्रतिशत वार्षिक ब्याजदर रहेको तीन अर्ब रुपैयाँ बराबरको उक्त डिबेन्चरको समय अवधि सात वर्षको रहने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ
सम्झौतापत्रमा सन्राइजका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र सिद्घार्थका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरेको जनाइएको छ ।
यसमा तपाईको मत