बजार संक्षेप

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

  नागरिक   2019-09-20

काठमाडौं– एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । 
सम्झौता अनुसार लोकसेवा आयोगको परीक्षार्थीले अबदेखि एनआइसी एसियाका देशभरका शाखा र एक्सटेन्सन काउन्टरमार्फत परीक्षा दस्तुर बुझाउन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
सोसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र आयोगका सहसचिव जानकीराम शर्मा बरालले हस्ताक्षर गरेको जनाइएको छ । 
उक्त सम्झौतासँगै लोकसेवा तयारीमा रहेका परीक्षार्थीलाई दस्तुर भुक्तानी गर्न सहज हुने बैंकको विश्वास छ ।
बैंकले दुई सय ९८ शाखा, तीन सय ५९ एटिएम, ७० एक्सटेन्सन काउन्टर र ४१ शाखारहित एकाइमार्फत सेवा दिँदै आएको छ ।
 

यसमा तपाईको मत