बजार संक्षेप

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

  नागरिक   2019-12-06

काठमाडौं– नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ ।
सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले हस्ताक्षर गरेका कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौता अनुसार दुई वर्षभित्र २५ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याइने कम्पनीले जनाएको छ ।
निर्धारित समयमै उक्त कार्य सम्पन्न हुने अपेक्षासहित आर्थिक समृद्धिको आधारशिलाको रुपमा सूचना महामार्ग निर्माणलाई अघि बढाइएको कम्पनीले जनाएको छ ।
सूचना र प्रविधिका कोणबाट मात्र नभई डिजिटल अर्थतन्त्र निर्माणका लागि समेत आयोजना महŒवपूर्ण रहेकाले मुलुकमा प्राविधिक र आर्थिक रुपान्तरण ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।  
कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम, उत्तर–दक्षिणका साथै हुलाकी मार्गहरु, जिल्ला सदरमुकाम र नगरपालिकाहरुलाई समेत यस अयोजनाले सूचना महामार्गको सञ्जालमा जोड्नेछ । टेलिकमले निर्माण गर्ने यो आयोजनाले रुकुमको मुसीकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार हुनेछ । साथै ती दुई प्रदेशका सहित बाँके र बर्दिया.समेत गरी २० जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार हुनेछ ।
यस आयोजना अन्तर्गत मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा न्यूनतम ९६ कोरको तथा जिल्ला सदरमुकाम र नगरपालिकासम्म न्यूनतम क्रमशः ४८ र २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार गरिनेछ । 
साथै आवश्यकता अनुसार चार सय गिगाबाइट प्रतिसेकेन्डसम्म क्षमता अभिवृद्धि गर्न सकिने गरी सय गिगाबाइट प्रतिसेकेन्ड क्षमताका पोर्ट तथा १० गिगाबाइट प्रतिसेकेन्ड क्षमताका पोर्ट वा दुवैको मिश्रण रहेका कोर राउटर प्रयोगमा ल्याइनेछ । यस अप्टिकल फाइबर सञ्जालमा करिब २६ स्थानमा डिडब्लुडिएम र ५२ स्थानमा राउटर प्रयोगमा आउने कम्पनीले जनाएको छ ।
विस्तृत अध्ययनपछि एक महिनाभित्र सम्झौता गरी सक्ने समझदारीमा उल्लेख छ । 
 

यसमा तपाईको मत