बजार संक्षेप

सिटिजन्स–टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता

  नागरिक   2019-12-13

काठमाडौं– सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच हस्पिटलको सेवा शुल्कमा छुट दिने सम्झौता भएको छ । 
उक्त सम्झौतापछि बैंकमा खाता भएका तथा डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक ग्राहकले टेस्ला डायग्नोस्टिक क्लिनिकमा स्वास्थ उपचार गराउँदा विशेष छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंकले निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधासहित ८५ शाखा, ८४ एटिएम र एक सय दुई शाखा रहित बैंकिङ एकाई मार्फत सेवा दिदै आएको जनाएको छ । 
 

यसमा तपाईको मत