बजार संक्षेप

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

    2019-08-16

काठमाडौं– आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । 
उक्त सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरूङ र आइएमईका भाइस प्रेसिडेन्ट इमरान ए खानले हस्ताक्षर गरेकोे कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौताअनुसार आइएमई मोटर्सबाट सिफारिस भएका ग्राहकले ७० प्रतिशतसम्मको कर्जा सुविधा पोखरा फाइनान्सबाट पाउने भएका छन् । 
कर्जा सुविधामात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत