बजार संक्षेप

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

  नागरिक   2019-10-16

काठमाडौं– कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि गुरागाईंले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
यो सम्झौतापछि कृषि विकास बैंकमार्फत राष्ट्रिय सहकारी बैंकमा आवद्ध सम्पूर्ण सदस्यलाई प्रिपेड कार्ड उपलब्ध गराइने छ । उक्त सहमतिबाट ग्रामीण क्षेत्रमा रहेका सहकारी सदस्यलाई आधुनिक बैंकिङ तथा अत्याधुनिक सेवाबाट लाभान्वित हुने अवसर मिल्ने बैंकको अपेक्षा छ ।
 

यसमा तपाईको मत