बजार संक्षेप

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाको समय थप

  नागरिक   2020-01-23

काठमाडौँ- अर्घाखाँची सिमेन्ट प्रा. लीले आफ्नो  उपभोक्ता वर्गको लागि बिगत दुई महिना अघिदेखि लागू गरिरहेको ‘धन वर्षा’ योजनाको समयावधी केहि समयका लागि थप गरेको छ । 
अर्घाखाँची सिमेन्ट प्रति सम्पूर्ण ग्राहक महानुभावहरुले देखाउनुभएको सद्भाव तथा ‘धन वर्षा’ योजनामा उहाँहरुको उत्साहजनक सहभागीतालाई सम्मान गर्दै यस स्युर सट नगद उपहार योजनालाई अतिरिक्त केहि समयमा लागि निरन्तरता दिइएको कम्पनीले आज प्रेश विज्ञप्ति मार्फत जानकारी दिएको हो । 
“नव निर्माणमा धनको बहार, अर्घाखाँचीमा "करोडौं उपहार” नारा दिइएको यस  योजना अर्घाखाँची सिमेन्टलले स्थापनाको पाँचौं वर्षको उपलक्ष्यमा मंसिर ८ गतेदेखि माघ ८ सम्मका लागि ल्याएको थियो । 
कम्पनीले यस योजना अन्तर्गत समयावधी बाहेक अन्य शर्तहरु  केहि पनि परिबर्तन नभएको पनि जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
यस योजना अन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्र्याच कुपन पाउनेछन् जसलाई स्क्र्याच गरी उपभोक्ताहरुले रु १०० देखि रु ५००, रु १०००, रु १०,०००, रु २५०००, रु ५० हजार र रु १ लाखसम्मको सुयोर सट नगद उपहार पाउनेछन् । यसरी पाउने नगद उपहारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर विजेताले नै तिनुपर्ने उक्त प्रेस बिज्ञप्तिमा जनाइएको छ। 
देशैभरी लागूहुने यस योजना अन्तर्गत भाग्यशाली विजेताले डिलर वा हार्डवयेर मार्फत सिमेन्ट खरिद गर्दाकै समयमा सुयोर सट नगद उपहार प्राप्त गर्ने उक्त प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
 

यसमा तपाईको मत