बजार संक्षेप

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

  नागरिक   2019-12-11

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । 
कार्यक्रमको आयोजनामा जगदम्बा स्टिल तथा केस कन्स्ट्रक्सनको महत्वपूर्ण सहयोग रहेको जनाइएको छ ।
१२औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा आयोजित अवार्ड वितरण कार्यक्रममा नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्याउने व्यक्ति, संघ–संस्था तथा फर्म–कम्पनीलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
ए क्लासतर्फ गोल्ड अवार्डको उपाधि कालिका कन्स्ट्रक्सनले जितेको छ भने सिल्भर अवार्ड जय धनञ्जय निर्माण सेवाले पाएको छ ।
त्यस्तै, तुँदी कन्सट्रक्सनलाई ब्रोन्ज अवार्ड, जय विष्णु निर्माण सेवालाई बी क्लासतर्फको गोल्ड अवार्ड तथा बी क्लासतर्फ सिल्भर अवार्ड केएम इन्जिनियर्स एन्ड बिल्र्डसलाई प्रदान गरिएको छ । सी क्लासतर्फको गोल्ड अवार्ड नयाँबाटो निर्माणले पाएको छ ।
सिल्भर र ब्रोन्ज अवार्ड भने क्रमशः शाह निर्माण सेवा र पुष्प निर्माण सेवाले पाएका छन् । डी क्लासतर्फ प्रदेश ७ मा श्रीपुर बिल्डर्स उत्कृष्ट भएको छ । प्रदेश ३ मा आइएस निर्माण सेवा उत्कृष्ट हुँदा प्रदेश १ मा आशीर्वाद निर्माण सेवा उत्कृष्ट ठहरियो ।  
भूगोल अन्र्तगत हिमालतर्फ गोरखा निर्माण व्यवसायी संघ, पहाडमा काभ्रे व्यवसायी संघ र तराईतर्फ लुम्बिनी निर्माण संघले अवार्ड पाए । उदाहरणीय निर्माण कार्य गर्ने इलियट–एडभान्चर–लोहनी जेभीका मोतिलाल शर्मा र समानान्तर–डाँफे जेभीका अच्युतप्रसाद खरेलले पनि अवार्ड पाए । नेपाली निर्माण क्षेत्रमा विशिष्ट योगदान दिएबापत एफक्यान ग्लोरी अवार्ड महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनलाई मरणोपरान्त प्रदान गरिएको छ । 

यसमा तपाईको मत