बजार संक्षेप

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

  नागरिक   2019-10-14

काठमाडौं– महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । 
बैंकले ९.८९ प्रतिशत नगद लाभांश र आठ प्रतिशत बोनस सेयर वितरण गर्नेछ । उक्त नगद लाभांश र बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । 
दुई अर्ब ८४ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकले हालसम्म ३२ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ । बैंकले हालसम्म २८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । एक सय दुई शाखा कार्यालयमार्पत बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका ३५ वटा एटिएम बुथ सञ्चालन छन् । 

यसमा तपाईको मत