बजार संक्षेप

दराजमा १२.१२ सेलको पालो

  नागरिक   2019-12-11

काठमाडौं– नेपालको बृहत्तर अनलाइन सपिङ गन्तव्य दराजले दराज १२.१२ घोषणा गरेको छ। ११.११ को भव्य सफलतापछि यस वर्षको अन्तिम भव्य किनमेलको रुपमा उक्त घोषणा गरेको कम्पनीले जनाएको छ । 
१२.१२ अभियान २६ मंसिरदेखि २ पुससम्म लागू हुने र यसमा उपभोक्ताले अन्तर्राष्ट्रिय र स्वदेशी टप ब्रान्डका सरसामानमा ६० प्रतिशतसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । साथै, मेगा डिल, क्रेजी भौचर पाउनुका साथै मिसन १२.१२ र वान रुपी गेम जस्ता नयाँ र रमाइला गेममा भाग लिई उपहार समेत प्राप्त गर्न सक्ने जनाइएको छ ।
कम्पनीका बैंकिङ पार्टनरको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी अनलाइन पेमेन्ट गर्दा थप २० प्रतिशत वा १५ सय रुपैयाँसम्म छुट हुने उल्लेख छ ।
 

यसमा तपाईको मत